+
Search

ताजा अपडेट +

पपुलर +

सरकारका कारण तराई मधेश अान्दाेलन लम्बिएको नेकपा माअाेवादीकाे दावी

पालिका लाइभ
२०७२ मंसिर १२, शनिबार ०४:५९ गते

गाेरखा- नेपाल कम्युनिष्ट पार्टी–माओबादीले आज देशब्यापी कार्यक्रम गर्दै भारतिय नाकाबन्दिको बिरोध गरेको छ । भारते अहिले गर्दै आएको नाका बन्दिले नेपाली जनताले दुख पाएको तर सरकाले टुलु टुलु हेरेर बसेको भन्दै सरकारको पनि खुलेरै बिरोध गरे ।

नेकपा माओबादीले आज बिहान ११ बजे गोरखाको लोकतान्त्रीक चोकमा कोण सभा गर्दै गर्दै नेकपा माओबादीका जिल्ला सदस्य रबिन गै्ररेले अहिले नेपालमा बनेको संबिधान नेपाली जनताको बिरोधी भएको भन्दै संिबाधान कार्यन्वयन हुन पनि गाह्रो भएको बताए ।

अहिले तराईमा भई रहेको आन्दोलनलाई राजनैतिक रुपमा निकास दिनु पर्ने पनि ग्रैरेले बताउनु भयो । तराई अन्दोलन आन्दोलनकारीको तर्फबाट नभई सरकारको कारण धेरै समय लम्बिई रहेको पनि जिकीर गरे।

अहिले सरकारको नेतृत्व गर्ने एमाले तथा सरकारमा सहभागि भएका राजनैतिक दलका कारण पनि संबिधान कार्यन्यव हुन नसक्ने बताए । कार्यक्रममा बोल्दै ग्रैरेले अहिले सम्म भारत सगँ भएका सम्पुर्ण सन्धि सम्झौताहरु खरेज गरी भारत सगँ घुडा टेक्दिन भन्ने राजनैतिक दलहरुको अहिले माेदीको इसारामा सरकार चलाएको आरोप लगाए ।

हिजो अस्ति नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले यस्तो हिन्दु बाहुल्यता भएको देशमा भारतले नाका बन्धि गर्नु राम्रो नभएको भन्ने अभिब्यक्तिबाट के बुझिन्छ भने नेपाल सरकारले हिन्दु राज्य फिर्ता गरी राजसस्था फर्काउने जस्ता कुराहरु भारतले चाहको र अहिलेको सरकारले पनि त्यहि कुरालाई ल्याउन चाहेको कुरा सजिलै पत्याउन सकिने पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ