+
Search

ताजा अपडेट +

पपुलर +

वन कार्यालयको प्रगती र आगामी कार्ययोजनाका बारेमा मन्त्री बस्नेतकाे चासाे

पालिका लाइभ
२०७४ फाल्गुन १२, शनिबार १४:१४ गते

गाेरखा- प्रदेश न ४ का उद्योग, पर्यटन, तथा बन मन्त्री रामशरण बस्नेतले जिल्ला बन कार्यालय गोरखामा भइरहेको काम कारबाहीबारे निरिक्षण गरेका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलाे पटक जिल्ला अाएका उनले जिल्ला वन कार्यालयको अहिले सम्म भएको प्रगती र आगामी कार्ययोजनाका बारेमा चासाे लिएका छन् ।

‘मैले अहिलेको कार्यप्रगती र आगामी कार्ययोजना सहित जडिबुटी प्रचुर सम्भावना भएको गोरखालाई जडीबुटीको ब्यवसायिक पाटोलाई ध्यान दिन सुझाब दिएकाे थिए ।

त्यस्तै जिल्लाको बन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न र त्यहिबाट रोजगारी सिर्जना गर्न सकिने सम्भावनाहरुको बारेमा पनि जानकारी गराईयो,  जिल्ला बन अधिकृत जीवनाथ पौडेलले भने । गोरखामा सम्भावना रहेका बन क्षेत्र, पर्यापर्यटनको क्षेत्रमा काम गर्दा बन कार्यालय सँग समन्वय गर्ने र आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

उपल्लो जलाधार क्षेत्रलाई सुरक्षित गरी तल्लो क्षेत्रलाई थप बलियो बनाउन कार्यक्रम आवश्यक पर्ने बन कार्यालयको तर्फबाट आग्रह गरिएको पौडेलले बताए ।प्रदेशको कानुनी प्रक्रिया सुझबुझको समयमा रहेको भन्दै उनले विशेषज्ञहरुको टोली गठन गरी विकासको कामलाई अघि बढाउने समेत बताएका थिए ।

त्यस्तै शुक्रबार नै एमाले जिल्ला पार्टीले राखेको बधाई, स्वागत तथा शुभकामना कार्यक्रममा गोरखाको विकासमा साथ दिन उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ