+
Search

ताजा अपडेट +

पपुलर +

मनाङमा १८ घन्टासम्म हिमपात, तापक्रम माइनस २० मा झर्‍यो

पालिका लाइभ
२०७५ पुष १३, शुक्रबार १७:२१ गते

मनाङ– चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ। बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको हो। जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ। अन्य भू–भागमा भने हिउँको पातलो तह मात्रै बनेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो। हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ।’

हिजो दिउँसो करीब १ बजेबाट सुरु भएको हिमपात आज बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए। हिमपातले दैनिक जीवनयापनमा प्रभाव पारेको छ। अहिले भने हिमपात रोकिएको छ।

झन्डै १८ घन्टा निरन्तर हिमपात भएको थियो। जल तथा मौसमविद् वरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भावना देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ