+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत ‘माया पिरीम’ सार्वजनिक

पालिका लाइभ
२०७५ चैत्र ४, सोमबार १६:३४ गते

काठमाडाैं- चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको हो । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ ।

गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइली देखिने भएका छन्। ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतसँगै पनि नृत्य रहेको छ ।

साथमा, अन्य कलाकार दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ। कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

त्यस्तै लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन्।

२०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको हो। चलचित्र जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ