+
Search

ताजा अपडेट +

पपुलर +

कुर्दिस्तानमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम हुने

पालिका लाइभ
२०७६ बैशाख ५, बिहीबार १८:५९ गते

कुर्दिस्तान- इराककाे कुर्दिस्तानमा शुक्रबार शुभकामना तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ । प्रवासी नेपाली एकता समाज कुर्दिस्तानकाे अायाेजनामा कार्यक्रम हुने लागेकाे हाे ।

नयाँ बर्ष २०७६ को सुअवसरमा अप्रिल १९ तारिखमा कुर्दिस्तानकाे अर्बिल स्थित नवरोज हलमा हुने सांस्कृतिक तथा नयाँ बर्षको शुभकामना आद्नप्रदान कार्यक्रमको तयारी पूरा भएको समाजना अध्यक्ष नवीन लामाले जानकारी दिए।

कार्यक्रममा कुर्दिस्तान भर रहेका नेपालीहरुलाई एकै कार्यक्रममा समेटी भाईचारा सद्भाव कायम गर्नका निम्ति विविध साँस्कृतिक कार्यक्रम गरी नवबर्षको शुभकामना आदानप्रदान गर्ने आयोजकले जनाए ।

समाजले १० औं प्रस्तुतिका रूपमा गर्न लागिएको कार्यक्रममा कुर्दिस्तानमा रहेका संघ-संस्था र नेपालीहरुलाई उपस्थितका लागि आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ