+
Search

ताजा अपडेट +

पपुलर +

एनसेलभन्दा एनटिसीका प्रयोगकर्ता झन्डै दोब्बर, कुन कम्पनीका सेवाग्राही कति?

पालिका लाइभ
२०७६ भाद्र ३०, सोमबार १९:५३ गते

काठमाडौं- भ्वाइस टेलिफोन सेवा लिने ग्राहकको संख्या ४ करोड १३ लाख ९५ हजार ७ सय १४ पुगेको छ।

सोमबार नेपाल दुरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार यो संख्या पुगेको हो। जसमध्ये सबैभन्दा बढी ग्राहक नेपाल टेलिकमका छन्।

प्राधिकरणका अनुसार गत असार मसान्तसम्ममा नेपाल दुरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बाट भ्वाइस टेलिफोन सेवा लिने ग्राहकको संख्या २ करोड २६ लाख ९६ हजार २ सय ४८ छ।

जसमध्ये १ करोड ६५ लाख १६ लाख ५९ हजार ८ सय ९८ जनाले सिडिएमए, २ करोड २ लाख ३८ हजार ३ सय ३७ जनाले जिएसएम प्रयोग गरिरहेका छन्।

त्यसैगरी टेलिकमकै ५ सय ८१ वटा भिस्याट, १ लाख २० हजार वटा वायरलेस इन लोकल लुप (डब्ल्युएलएल) र ६ लाख ७७ हजार १ सय २८ वटा पिएसटिएन सेवा लिइरहेका छन्।

एनसिएलको जिएसएम प्रयोगकर्ता १ करोड ६६ लाख ३७ हजार ३८ जना रहेको नेपाल दुरसंचार प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी, नेपाल स्याटलाईट टेलिकम लिमिटेडका प्रयोगकर्ता संख्या २० लाख ६० हजार ६ सय ८६ पुगेको छ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ