+
Search

ताजा अपडेट +

पपुलर +

अब ‘भच्चेक स्वास्थ्य चाैकि’मा डिजिटल एक्स-रे मेसिन सहितकाे सेवा

पालिका लाइभ
२०७६ कार्तिक २७, बुधबार १६:२१ गते

गोरखा– सुशीला स्मृति प्रतिष्ठानले अजिरकोट गाउपालिकाको भच्चेकमा रहेको भच्चेक स्वास्थ्य चौकिलाइ आधुनिक प्रविधि सहितको डिजिटल एक्स-रे मेसिन उपलब्ध गराउने भएको  छ।

प्रतिष्ठानले अजिरकोट गाउपालिका-३, हंसपुरमा रहेको एक मात्र स्वास्थ्य चौकिलाइ विभिन्न संध-संस्थाहरूको सहकार्यमा आधुनिक प्रविधिको एक्स(रे मेसिन उपलब्त्ध गराउने भएको हो ।

संस्थाका अध्यक्ष कुश्माखर अधिकारीका अनुसार स्वगिय सु्शिला अधिकारीको पहिलो बार्षकिको अबसर पारेर पुस ५ गते जनप्रतिनिधिको रोहवरमा स्वास्थचौकीलाई मेसिन हस्तान्तरण गर्ने योजना रहेको छ । प्रतिष्ठानले अधिकारीको नाममा स्थापित ‘समिट नेपाल’ नामक संस्थाको पहलमा यो काम हुन लागको हो ।

बिशेषज्ञ डाक्टरको अभावमा स्वास्थ्य सेवा दिदै आएको स्वास्थ्य चौकिमा सामान्य चेकजाँच मात्र हुन्छ ।५ वडा रहेको गाउपालिकामा स्वास्थ्य चौकि एक मात्र भएपनि आधुनिक प्रविधि नभएपछि संस्थाले धुनिक प्रविधिको मेसिन सहित उपलब्ध गराृन लागेको सुदन अधिकारीले बताए ।

भच्चेकमा अब डिजिटल एक्स(रे मेसिन सहित युसिजि मेसिन समेत रान्नलाइ आवश्यक प्रकृया अगि बढेको अधिकारीले बताए ।

शोकलाइ शक्तिमा बदली आफ्नो जन्मभुमिका जनताको आधारभूत स्वास्थ सेवा प्रदान गर्ने उदेश्यले रहेको बताउँदै उनले पैसा सङ्कलनको कार्य भैरहेको बताए ।

स्थापना भएको दशकौं भैसक्दापनी भचेक स्वास्थचौकीको अवस्था दयनिय छ । साधरण जाँचहरु पनि नहुदाँ यहाँका जनता सदरमुकाम वा जिल्ला जानुपर्ने बाद्यता रहिआएको छ ।

एक्स-रे, अल्टा साउड लगायतका सुबिधा आफ्नै गाउँठाउँमा उपलब्ध भएपछी उपचारको लागि अन्त जानुपर्ने अवस्थामा कमि आउने बिश्वास अधिकारीको लिएका छन् ।

करिब २० लाखको अनुमानित खर्छ लाग्ने यो काममा विभिन्न देशमा पैसा सङ्कलन गर्ने कार्य भैरहेको अध्यक्ष अधिकारीले बताए । मेसिन हस्तान्तरण कार्यक्रममा वरिष्ठ  डाक्टर हरुको उपस्थितिमा बृहत् स्वास्थ सिविर पनि आयोजना गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ