+
Search

ताजा अपडेट +

पपुलर +

मोडल सरिष्मा मगर भन्छिन्ः यसकारण मेरो पहिलो प्रेमीसँग विछोड भयो

पालिका लाइभ
२०७६ फाल्गुन २४, शनिबार १०:०५ गते

काठमाडौं- लोकदोहोरी गीतको भिडियोमा पछिल्लो समय धेरै छाएकी मोडलमा पर्छिन्, सरिष्मा रामजाली मगर।

बेनी नगरपालिका-९, बाछेपकी उनी स्कुले जीवनदेखि नै नृत्यमा सिपालु थिइन्। शंकर बिसीलाई गुरु बनाएर नृत्यमा लागेकी उनले बिसीमार्फत म्युजिक भिडियोमा मोडलिङ यात्रा २०७२ बाट सुरु गरिन्।

जीवन थापामगर र देवी घर्तीमगरको ‘फक्रेको फूल खोला पारी‘,’ गीतको भिडियोमा अभियन गरेर उनी मोडलिङमा लागिन्। त्यसपछि उनले नेपाली लोकदोहोरी क्षेत्रका अधिकांश गायकगायिकाका गीतमा मोडलिङ गरिसकेकी छन्।

स्नातक दोस्रो वर्षमा अध्ययनरत सरिष्माले अहिलेसम्म अभिनय गरेको म्युजिक भिडियोको संख्या तीन सयभन्दा बढी भइसकेका छन्। पछिल्लो समय प्रकाश सपूतको ‘हरे हरे नारन‘,’ काउली बूढीको ‘यो मायाको‘,’ उनका चलेका भिडियो हुन्।

धेरैजसो सालैजु, कौरामा देखिनुको कारण नि?

सालैजु, करौलालगायतका लोकनृत्यमा दख्खल राख्छु। यस्तो सांस्कृतिक नृत्य गर्ने मोडल कमै छन्। सोही कारण पनि यस्तो गीतको भिडियोमा बढी छाएकी हुँ।

अनि डान्सिङ गीतमा बढी हुनुको कारण नि?

मलाई म्युजिक भिडियोमा गम्भीर अभिनयभन्दा डान्स गर्न बढी मन पर्छ। त्यसो त, प्रमोद खरेलदेखि धेरै आधुनिक गायकका आधुनिक र पपगीतमा पनि गम्भीर चरित्र निर्वाह गरेकी छु। तथापि, मेरो पहिलो रोजाइ डान्सिङ गीत नै हो।

मोडलिङमा कमाइ कस्तो छ अहिले?

राम्रो छ। एउटा गीतको २० देखि ४० हजारसम्म पारिश्रमिक लिन्छु। आजकाल छानेर मासिक ५/६ वटा मात्र भिडियो गर्छु । स्टेज कार्यक्रममा बढी फोकस हुने गरेकी छु।

मोडललाई मन पराउने त हजारौं हुन्छन् नि होइन?

हो नि हुन्छन्। तर, धेरैजसो फ्यान हुन्छन्।

यीमध्ये प्रेमी कोही पनि भएनन् त?

किन नहुनु? एक जनासँग प्रेम सम्बन्ध थियो तर पछि बिछोड भयो।

यति राम्री मान्छेलाई धोका दिनुको कारण?

एकले अर्कालाई प्रेम गर्दा उसको पेसाको पनि सम्मान गर्नुपर्छ। हाम्रो यो फिल्ममा दिनरात नभनी सुटिङ र कार्यक्रममा हिँड्नुपर्छ। तर, मेरो यो काम उहाँलाई मन परेन। सोही कारण हामीबीच बिछोड भयो।

त्यसपछि फेरि प्रेममा परिएन?

छैन नि । पहिलो प्रेमको बिछोडले नै पीडा दियो । कलाकारिता र मोडलिङ पेसालाई नबुझ्ने मान्छेसँग प्रेमसम्बन्ध र विवाह ग(यो भने यो पेसा नै छाड्नुपर्छ । त्यसैले, अहिले प्रस्ताव आए पनि स्विकार्ने हिम्मत गरेकी छैन ।

त्यसो भए कस्तोलाई स्विकार्ने त?

म मोडल तथा कलाकार भनेर प्रेम गरेपछि उसले मेरो कामलाई सम्मान गनुपर्छ। कलाकारितामा रोकतोक गर्नु भएन। यस्तो व्यक्ति पायो भने मात्रै विवाह गर्छु। कतिपयसँग यो सर्त राख्दा टाढिने गरेका छन्। त्यसैले, अहिले प्रेम र विवाहलाई बेवास्ता गर्दै काममै ‘फोकस’ भएकी छु।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ