+
Search

ताजा अपडेट +

पपुलर +

कतारमा रोजगारी गुमाएर बसिरहेका कामदारलाई अर्को कम्पनीमा ‘ट्रान्सफर’ हुने अवसर

पालिका लाइभ
२०७७ श्रावण १४, बुधबार २०:३७ गते

काठमाडौं– कतारमा रोजगारी गुमाएर बसिरहेका कामदारलाई त्यहाँ रहेका अन्य कम्पनीमा काममा लगाउन कतार सरकारले नीति लिएको छ।

कतार च्याम्बरले त्यसरी कामदारलाई रोजगारी दिन अनलाइन सेवाको सुरुवात गरेको कतारस्थित नेपाली दुतावासले जनाएको छ।

आफुले आवश्यकता परेका कामदारहरु अन्य कम्पनीले लिन सक्ने गरि सेवा सुरु भएको दुतावासको भनाई छ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण धेरै कम्पनीहरु आर्थिक संकटमा परेपछि कतारमा रहेका हजारौँ नेपाली कामदारले रोजगारी गुमाएका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ