+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ निषेधाज्ञा शुरू भएपछिको काठमाडौं [तस्वीरहरू]

पालिका लाइभ
२०७८ बैशाख १६, बिहीबार १२:०५ गते

काठमाडौ– कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि जारी निषेधाज्ञाका कारण उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ।

यसैबीच, निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। अहिलेसम्म उपत्यकाभर करिब २ सय सवारीसाधन नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ।

 

 

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान काठमाडाैं ।  तस्वीर : प्रदीपराज वन्त, रासस 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ