+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा नगरपालिकाका मेयर उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

पालिका लाइभ
२०७९ बैशाख १२, सोमबार १३:२९ गते

गोरखा– गोरखा नगरपालिकाका मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि आफ्नै कार्यकर्ताले कुटेका छन्। बसपार्कस्थित बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा उनीमाथि नेपाली कांग्रेसकै असन्तुष्ट समूहले हातपात गरेको हो।

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त पुनः मेयरको उम्मेदवार बन्ने लाइनमा थिए। अन्तिम समयमा पन्तको टिकट श्रेष्ठले खोसेको आरोप लगााउँदै विवाद चर्केको छ। मेयरको टिकट वितरणमा असन्तुष्ट जनाउँदै कांग्रेस पार्टी कार्यालय तीनधारेमा पनि ताला लगाइएको छ।

करिब दुईघण्टादेखि विवाद देखिएकाे गाेरखा बजार अझै तनावग्रस्त छ । पार्टी कार्यलय आसपास बाक्लो सुरक्षा तैनाथ गरिएकाे सुरक्षा स्राेतकाे दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ