+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा नगरपालिकाका कान्छो वडा अध्यक्ष गुरूङले सार्वजनिक गरे योजना

पालिका लाइभ
२०७९ बैशाख १९, सोमबार १८:२४ गते

गोरखा– स्थानीय तहको निर्वाचन नजिकिएसंगै देशभरिको स्थानीय तहमा राजनीतिक दलले आफ्नो उम्मेदवार मनोनित गरिसकेको छ भने उम्मेदवारहरु आफ्नो घोषणापत्र र योजना लिएर मतदाताका घर घर पुगेर भोट  माग्ने क्रमजारी छ ।

यसैबिचमा गोरखा नगरपालिकामा पनि चुनावी सरगर्मी बढेर आएको छ । गठबन्धन र चुनाबि तालमेलको किचलोले खुलेर राजनैतिक दलहरू प्रचारमा भने हिडिसकेका छैनन । यद्यपि वडा स्तरमा भने चुनाब राम्रै प्रचारमा छन । यसैबिचमा गोरखा नगरपालिका वडा न. ८ बाट जनता समाजवादी पार्टी (जसपा) का वडा अध्यक्षको उम्मेदवार कर्ण बहादुर गुरुङ भने गाउँ गाउँमा आफ्नो घोषाणा सहित मत माग्न ब्यस्त छन ।

सफल अटो ब्याबसायी समेत रहेका गुरुङ थुप्रै सामाजिक सस्थामा नेतृत्वदायी भुमिकामा पनि आबद्ध छन । पार्टीको नगर युवा अध्यक्ष समेत रहेका ३२ बर्षिय युवा गुरुङले आफ्नो योजना यसरी सार्वजनिक गरेका छ्न ।

वडा न ८ मा वडाअध्यक्ष पदको लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये गुरुङ कान्छो प्रतिनिधिको रुपमा छन् । अहिले हरेक ठाउँमा युवाको नेतृत्व आबश्यक छ  ।

गोरखा नगरपालिका वडा नं ८ को वडा अध्यक्षमा कर्ण बहादुर गुरुङ नै किन रोज्ने?

१)छिटो छरितो र सेवामुखि सुबिधा प्रवाह का लागि!

२)आफ्नो वडा तथा आफ्नो ठाउ बिकाशका निम्ति युवाहरुमा जागरुकता ल्याउनका निम्ति!

३)वडा नं ८ भित्र पर्ने सम्पूर्ण प्राचिन सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्नका निम्ति!

४)वडा भित्रका पिछडिएका वा निम्न आर्थिक अवस्था भएकाहरुको लागि निशुल्क एम्बुलेन्स सेवा प्रवाह का लागि!

५)सरसफाईमा बिशेष ध्यान पुर्याउने तथा समय समयमा निशुल्क स्वास्थ्य शिविर को आयोजना गर्नको लागि!

६)महिला तथा बालबालिका लक्षित कार्यक्रम का लागि!

७)वडा भित्रका मुख्य चहलपहल हुने एरिया हेरेर सिसि क्यामेरा जडान गरि सुरक्षित र सभ्य वडा निर्माण का लागि!

८)बृद्ध तथा अशक्त हरुलाई नसकेको खण्डमा घर मै बृद्ध भत्ता उपलब्ध गराउनका लागि!

९) युवा बर्गलाई प्रत्यक्ष बिकाशमा सहभागि गराई युवा अपेक्षित कार्यक्रम ल्याउनका निम्ति!

१०) कृषि तथा पशुपंक्षि पालन क्षेत्रका लागि आवश्यक सम्पूर्ण सुबिधामा सहुलियत, अनुदान का लागि!

११) ब्यबस्थित सडक र नालाको निर्माणका लागि!

१२) सडक बत्ति, गोरेटो बाटो व्यबस्थित गर्नका लागि र नगरपालिका भित्रकै उत्कृष्ट र नमुना वडा निर्माण का निम्ति जनता समाजवादी पार्टि नेपाल गोरखाको युवा वडा अध्यक्ष उम्मेदवार कर्ण बहादुर गुरुङ नै रोजौ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ