+
Search

ताजा अपडेट +

पपुलर +

अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै सीडीओ कार्यालयलाई गृहको निर्देशन

पालिका लाइभ
२०७९ पुष २०, बुधबार १९:५० गते

काठमाडौं- गृहमन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

कानूनविपरीत, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न वुधबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको हो ।

त्यस्तै, विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गृहले निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ