+
Search

ताजा अपडेट +

पपुलर +

उपप्रधानमन्त्री श्रेष्ठद्वारा कुरिनटारमा जिपलाइन उद्घाटन [भिडियाे]

पालिका लाइभ
२०७९ फाल्गुन १, सोमबार १४:१५ गते

काठमाडौँ– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जिपलाइन उद्घाटन गरेका छन्।

हिजो साँझ त्यहाँ पुगेका उनले आज बिहान साढे १० बजे जिपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए। जिपलाइनको अनुभव लिँदै उनले भने, “जिपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ।”

करिब तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेन्चर टुरिजमअन्तर्गत जिपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ।

भिडियाे

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ