+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केवलकारमा एकै दिन १० हजार यात्रु

पालिका लाइभ
२०८० बैशाख ३, आईतवार १९:१० गते

काठमाडौं– मनकामना केवलकारमा शुक्रबार एकै दिन १० हजार यात्रुले यात्रा गरेका छन्। यो कोभिडपछिको सबैभन्दा बढी यात्रु हो।

कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले कोभिडपछि सबैभन्दा बढी यात्रु आएको बताउँदै नयाँ वर्षमै उत्साह थपिएको उनले बताए ।

कोभिड अघि सबैभन्दा बढी १० हजार ८ सयले मनकामना केवलकार चढेका थिए।

कम्पनीले यो केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ।

केबलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण भने साबिककै रहेको छ भने यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ