+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौँः अर्जुननरसिंह केसी

पालिका लाइभ
२०८१ भाद्र १२, बुधबार २०:३५ गते

काठमाडाैं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्ने बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले वर्तमान प्रणालीका कारण राजनीतिक स्थायित्व नभएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका हुन्।

उनले निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्ने र निर्वाचित प्रधानमन्त्री नहुँदा राष्ट्रिय जीवन तहस-नहस हुन लागेको बताए।

उनले भने,’ ‘संविधान गीता, कुरान, बाइबल होइन । यो संशोधन हुनसक्छ। तर संशोधन के मा गर्ने भन्नेमा व्यापक रुपमा सहमतिमा हुनुपर्छ। अहिलेको परिस्थितिमा यदि स्थायित्व दिने, स्थिरता दिने, एकअर्काको गठबन्धनले कुनैपनि भ्रष्टाचार र अनियमिततालाई छुन लाग्यो, गठबन्धन उम्किएर सरकार जाला कि भन्ने डरबाट उन्मुक्ति पाउनका लागि निर्वाचित प्रधानमन्त्री सबभन्दा उपयुक्त हुन्छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ। त्यसकारण संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ। होइन भने खेल नै खेलमा राष्ट्रिय जीवन तहस-नहस हुन लागेको कुरा मैले अनुभव गरेको छु।’

सांसद केसीले भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद राख्नु नहुने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ