+
Search

ताजा अपडेट +

पपुलर +

कप्तान रोहितको अलराउन्ड प्रदर्शनमा पाँचौँ खेलमा लुम्बिनीको पहिलो जित

पालिका लाइभ
२०८१ मंसिर २५, मंगलवार १२:२३ गते

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ ।

रोहितले सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित निकाल्याे। रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।

चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे।

सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेट विहिन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।

मंगलबारको खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्।

लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले तथा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। तेस्रो खेलमा सुदुरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुर बोल्ट्ससँगको खेल १ रनले गुमाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ