+
Search

ताजा अपडेट +

पपुलर +

सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैंयाँ जरिवाना

पालिका लाइभ
२०८१ माघ १, मंगलवार १३:२९ गते

काठमाडौं– काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

सोमबार ट्रक व्यवसायी महासंघकाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो ।

खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए ।

‘सोमबार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा किरा भेटिएको उजुरी आएको थियो । हाम्रो अनुगमन टोली किरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैयाँ जरिवाना गराएका छौँ,’ कार्कीले भने ।

साङ्ला वा अन्य किरा फेला परेको हो भन्ने विषयमा रेस्टुरेन्टका सञ्चालकलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ