+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ (भिडिओ)

पालिका लाइभ
२०८१ माघ १, मंगलवार २०:४२ गते

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका जनजातिहरूको समस्या सबै अहिलेसम्म समाधान नभएको बताएका छन् ।

मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे सङ्क्रान्तिमा बोल्दै उनले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्त्वपूर्ण निर्णयहरू गरेर नेपालका आदिवासी जनजातिहरूको मागलाई सम्बोधन गरेको बताएका हुन्।

भिडिओ

उनले भने, ‘सम्पूर्ण आदिवासी जनजाति समुदायले यो बुझ्नुपर्छ की हाम्रो चाहिँ समस्या अझै पनि समाधान भएको छैन भनेर । तर नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्त्वपूर्ण निर्णयहरू गरेर नेपालका आदिवासी जनजातिहरूको मागलाई सम्बोधन गरेको छ । नेपाल बहु धार्मिक मुलुक भएकाले हाम्रो हरेक चाडमा सार्वजनिक बिदा दिएर यो राज्यले हरेक संस्कृतिका पर्वहरूलाई सम्मान गरेको छ ।’

उनले नेपालका आदिवासीहरूको अधिकार सम्पन्न गराउनका लागि नेपालमा बोलिने सबै मातृभाषाहरूलाई समान अधिकार दिइएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ