+
Search

ताजा अपडेट +

पपुलर +

शुक्रबार थोरै बढेको सुनको मूल्यमा आज व्यापक गिरावट, चाँदी पनि सस्तियो

पालिका लाइभ
२०८१ फाल्गुन ४, आईतवार ११:०९ गते

काठमाडौं- गएको शुक्रबार तोलामा चारसय रुपैयाँ बढेको सुनको मूल्यमा आज (आइबार) व्यापक गिरावट आएको छ। आज सुनको मूल्य तोलामा दुई हजार सातसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको थियो। गएको बिहीबार प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार चारसय मात्रै बढेको थियो।

गएको बुधबार पनि सुनको मूल्य प्रतितोला दुई हजार सातसय रुपैयाँ नै घटेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको एक हजार नौसय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। गएको शुक्रबार चाँदीको मूल्य एक हजार नौसय ७० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ