+
Search

ताजा अपडेट +

पपुलर +

घनपोखराकाे खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर गयाे भूकम्प

पालिका लाइभ
२०८१ फाल्गुन १२, सोमबार १०:३१ गते

लमजुङ– लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो क्षति गर्ने खालको भूकम्प होइन।‍

‘नेपालमा वर्षभरिमा जाने भूकम्पको संख्या हेर्दा यहाँको प्रविधिले रेकर्ड गर्न सक्ने औसत दैनिक १० पटकसम्म भूकम्प गइरहेको हुन्छ’, उनले भने, ‘हामीकहाँ उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्न सकिन्छ, यसभन्दा मुनिका ससाना भूकम्प त कति जान्छन् कति!’

भूकम्प मापन केन्द्रले २ म्याग्निच्युडदेखि माथिका भूकम्प रेकर्ड गरिरहे पनि आफूहरूले चाहिँ ४ म्याग्निच्युडदेखि माथिका भूकम्प मात्र सार्वजनिक गर्ने गरेको वरिष्ठ भूकम्पविद् डा.अधिकारीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ