काठमाडौं– प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गरिरहेको छ ।
प्रभु बैंकको यो अभियानले देशैभरि बैंकिङ पहुँचमा वृद्धिमात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको बैंककाे दाबी छ।
बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्ने बैंकको विश्वास छ ।
त्यस्तै दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको सेवा अब देशका ७७ जिल्लामा विस्तार भएको छ ।
ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरू छन् ।
‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।
प्रतिक्रिया