+
Search

ताजा अपडेट +

पपुलर +

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

पालिका लाइभ
२०७५ भाद्र २१, बिहीबार ०८:४४ गते

काठमाडाैं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बिहीबार बस्दै छ। प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरणको यो सबैभन्दा उच्च तहको समिति हो।

सुशील ज्ञवाली प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएपछिको पहिलो बैठक हो।

विपक्षी दलसमेतको प्रतिनिधित्व रहने समितिको यो बैठकले पुनर्निर्माणसम्बन्धी देखिएका गाँठा फुकाउने र नीतिगत निर्णय गर्नेछ।

बिहीबार करिब ११ बजेबाट सुरु हुने यो बैठकले भूकम्मपीडित लाभग्राहीलाई पहिलो किस्ताको अनुदान रकम वितरणको समयावधि थप्ने, पुनर्निर्माणको बाँकी अवधिको कार्ययोजना स्वीकृत गर्ने लगायतका नीतिगत निर्णय गर्ने सम्भावना छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ